
शनिबार कन्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको प्रथम दीक्षान्त समारोहमा बोल्दै उनले नेपालका विश्वविद्यालयबाट उत्पादित जनशक्ति विश्वका धेरै मुलुकमा पुगेर उच्च र सुविधाजनक क्षेत्रमा काम गर्न सफल भएको बताए ।
सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका कुलपतिसमेत रहेका उनले यस विश्वविद्यालय स्थापनाका लागि सुदूरपश्चिवासीको ठूलो योगदान रहेको उल्लेख गरे ।
उनले आफ्नो नेतृत्वको सरकारले गत असोज २ गते यस क्षेत्रका १५ ओटा क्याम्पसलाई सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा समायोजन गरी आंगिक क्याम्पसकोरुपमा दरबन्दीसमेत स्वीकृत गरिसकेको स्मरण गर्दै आगामी दिनमा यस विश्वविद्यालय देशकै अग्रणी विश्वविद्यालयकारुपमा स्थापित हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा विश्वविद्यालयबाट स्नातक र स्नातकोत्तर तहमा उत्तीर्ण भएका २८२ जना विद्यार्थीलाई दीक्षितको प्रमाणपत्र प्रदान गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्