
सडकमाथिबाट ढुंगा खसेर पाल्पा–बुटबल सडक अवरुद्ध हुँदा सयौं यात्री अलपत्र परेका छन् ।
बुटबलदेखि पाल्पा हुर्दै स्याङ्जा, पोखरा, गुल्मी तथा बागलुङतर्फ जाने सवारीसाधन अहिले बीच बाटोमा रोकिएका छन् ।
अपराह्न ३ बजे तिनाउ गाउँपालिका–३, दोभानको नजिकै तल्लो सिद्धबाबा सडकमा ढुंगा खस्दा यातायातका साधन सन्चालनमा आउन नसकेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
प्रहरीका अनुसार अहिले केही मोटरसाइकलमात्र आवतजावत गरेका छन् । यस क्षेत्रमा बर्षेनि ढुंगा खस्दा यात्रुले अकालमा ज्यान गुमाउन बाध्य भएका छन् । रासस
प्रतिक्रिया दिनुहोस्