
राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रका कार्यकारी अधिकृत रामकृष्ण सुवेदीसहितको टोलीले पाँचथरमा जनप्रतिनिधिहरुसँग परामर्श पनि गरिसकेको प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुँमागाइँले बताइन् ।
फागुन पहिलो हप्तासम्ममा विवरण संकलनको काम हुने र त्यसपछि संकलित विवरणलाई गृह मन्त्रालयमा पुर्याएर परिचयपत्र प्रिन्ट गरी चैत अन्तिमदेखि वितरण गरिने उनले जानकारी दिइन् ।
जिल्लामा पहिलो चरणमा एक लाख १७ हजार राष्ट्रिय परिचयपत्र वितरण गरिने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्