माइत हिंडेकी महिला खोला किनारमा मृत अवस्थामा भेटिइन • Image Khabar Image Khabar


माइत हिंडेकी महिला खोला किनारमा मृत अवस्थामा भेटिइन


Imagekhabar
२९ पुष २०७४, शनिबार १२:४६

माइत हिंडेकी महिला खोला किनारमा मृत अवस्थामा भेटिइन

ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्क ओढारेस्थित माइती घर जानेक्रममा बेपत्ता बनेकी तामाङ तीन दिनपछि मृत फेला परेकी हुन् ।

तामाङको शव स्थानीय लिदिङ खोलाको पानीमै ढुंगाको आडमा अल्झेको अवस्थामा बिहिबार फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक लोकदर्शन थापाले बताए ।

तामाङ पुस २५ गते माईती घर जानेक्रममा बेपत्ता भएकी प्रहरीले जनाएको छ । शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्