Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


आगो ताप्दाताप्दै शरीरका कपडामा आगो सल्किएर महिला घाइते


0
Shares

बुद्धशान्ति–३ की ४५ वर्षीया तारा भट्टराईलाई कम्मरमुनिको भाग जलेपछि बिर्तामोडको बिएन्डसी हस्पिटलको सघन उपचार कक्षमा राखेर उपचार गराइँदैछ ।

पारिवारिक स्रोतका अनुसार बिहान नुहाइसकेपछि घर बाहिर बालिएको आगो ताप्ने क्रममा उनको शरीरमा थाहै नपाई हुर्हुरी आगो सल्किएको थियो ।

आगो निभाउने क्रममा परिवारका अन्य तीन सदस्यसमेत सामान्य घाइते भएका छन् । रासस