सबै भाषाको संरक्षण गर्दै शिक्षाको मूल प्रवाहीकरणमा सामाजिक विकास मन्त्रालय लागिपरेको उनको भनाइ छ । मंगलबार कपिलवस्तु सदरमुकाम तौलिहवामा आयोजित एक कार्यक्रममा मन्त्री बरालले अहिले प्रदेश सरकारको सुरुआती चरण भएकाले छलफल, समन्वयका आधारमा प्रदेश सरकार जनताको पहुँचमा पुग्ने काममा लागेको बताए । माओवादी केन्द्रका नेतासमेत रहेका मन्त्री बराल मंगलबारै माओवादी केन्द्र कपिलवस्तुले आयोजना गरेको स्वागत…