
जिल्लामा रहेका ३४६ सामुदायिक वनमध्ये हालसम्म १३ ओटा वनमा डढेलो लागिसकेको छ । जसमा करिब दुई करोड रुपैयाँ बराबरको क्षति भएको सामुदायिक वन उपभोक्ता महासंघ धनकुटाले जनाएको छ ।
डढेलोका कारण वनमा रहेका बिरुवा एवं जडिबुटी जलेर नस्ट भएको महासंघ अध्यक्ष राजेन्द्र खड्काले जानकारी दिए ।
डढेलोकै कारण सल्केको आगोमा परेर सहिदभूमि गाउँपालिका–२ का ५१ वर्षीय बानुछारा राईको मृत्यु भएको छ ।
त्यस्तै, धनकुटा नगरपालिका–९, बेलहाराको जलकन्या सामुदायिक वनमा लागेको आगो बस्तीमा पस्दा पाँच गोठ र चार घर जलेर नस्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्