‘दुई सैनिक मृत फेला’ • Image Khabar Image Khabar


‘दुई सैनिक मृत फेला’


Imagekhabar
१३ चैत्र २०७४, मंगलवार ०९:३४

‘दुई सैनिक मृत फेला’

नेपाली सेनाको पूर्वी पृतना मुख्यालय इटहरीभित्र रहेको पोखरीमा दुई व्यक्ति डुबेर मृत अवस्थामा देखेको र स्थानीयवासीले हल्ला गरेपछि ती दुवै डुबेका व्यक्तिको शव पोखरीबाट निकालेर बीपी प्रतिष्ठान पुर्‍याइएको बताइएको छ ।

मुत्यु हुनेमा अन्दाजी ३० वर्षका दोलखबहादुर चन्द र अर्का सोही उमेरका भरत विक रहेको खुले पनि आधिकारिकरुपमा पृतना मुख्यालयले भने यसको जानकारी दिएको छैन ।

मृतक दुवैको शव सोमबार राति नै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको भने प्रतिष्ठानले खुलासा गरेको छ ।

नेपाली सेनामा कार्यरत् ती दुवै व्यक्तिको के–कस्तो कारणले ज्यान गएको हो भन्ने विषयमा आधिकारिकरुपमा जवाफ प्राप्त हुन सकेको छैन । साथै, ती दुवै मृतक कहाँका हुन् भन्ने कुरा पनि बाहिर आउन सकेको छैन । रासस

प्रतिक्रिया दिनुहोस्