
फाइल तस्विर
वनको आगो छथर गाउँपालिका–६, ओख्रेका बुद्धिमान लिम्बूको घरमा सल्कँदा घरमा रहेका सामग्री, लत्ताकपडा, अन्नपात सबै जलेर नस्ट भएको हो ।
लिम्बूको दुईतले फुसको छानो भएको घरमा सोमबार दिउँसो भएको आगोलागीबाट तीन लाख रुपैयाँको क्षति भएको प्रहरीचौकी ओख्रेले जनाएको छ ।
आगोलागी प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्