ललितपुर, चैत १० । ललितपुरको पुल्चोकस्थित मन्त्री क्वाटरमा ड्रोन क्यामरा खसेको छ । हिजो साँझ स्वास्थ्यमन्त्री रामजनम चौधरीको क्वाटरमा ड्रोन क्यामरा खसेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ । नेपाल रोबोट सोसाइटीको ड्रोन क्यामरा मन्त्री क्वाटरको पूर्वी भागमा खसेको हो । आकाशमा उडिरहेको ड्रोन अचानक रुखमा ठोक्किएर जमिनमा बजारिएको हो । ड्रोनमा जडित क्यामरा क्षतिग्रस्त…