यसरी हुँदैछ एसएलसी परीक्षा, ‘ग्रेड’लाई परिष्कृत गरियो (भिडियोसहित) • Image Khabar Image Khabar


यसरी हुँदैछ एसएलसी परीक्षा, ‘ग्रेड’लाई परिष्कृत गरियो (भिडियोसहित)


Imagekhabar
८ चैत्र २०७२, सोमबार ०९:०८

यसरी हुँदैछ एसएलसी परीक्षा, ‘ग्रेड’लाई परिष्कृत गरियो (भिडियोसहित)

प्रज्ञा तिमल्सिना/राजेन्द्र नापित
काठमाडौं, चैत ८ । यस वर्षको एसएलसी परीक्षा आउन करिब डेढ हप्ता मात्र बाँकी छ ।

परीक्षा नियन्त्रण कार्यालयले आगामी चैत्र १८ गतेदेखि सुरु हुने एसएलसी परीक्षाको सबै तयार पूरा गरिसकेको जनाएको छ ।

यस वर्ष ६ लाख १५ हजार ५ सय ५३ जना विद्यार्थीले एसएलसी दिने तयारी गरिरहेका छन् । जसमा नियमिततर्फ ४ लाख ५२ हजार ८ सय ८१ विद्यार्थी छन् ।

तीमध्ये २ लाख २५ हजार ३ सय ४६ छात्र र २ लाख २७ हजार ५ सय ३५ छात्रा छन् । एक्जाम्टेडतर्फ भने १ लाख ५९ हजार ४ सय १७ विद्यार्थीले परीक्षा दिने तयारी गरेका छन् ।

परीक्षाका लागि देशभर गरी १ हजार ९ सय ४३ ओटा परीक्षा केन्द्र राख्ने तयारी भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । एक रिपोर्ट (भिडियो हेर्नुहोस्) ।

 

 

प्रतिक्रिया दिनुहोस्