‘आफू मरेर यात्रु बचाउने’ विमान चालकको सालिक राखिने • Image Khabar Image Khabar


‘आफू मरेर यात्रु बचाउने’ विमान चालकको सालिक राखिने


Imagekhabar
८ चैत्र २०७२, सोमबार ०८:४३

‘आफू मरेर यात्रु बचाउने’ विमान चालकको सालिक राखिने

बाँके, चैत ८ । कालिकोटमा विमान दुर्घटनामा ज्यान गुमाएका चालकको सम्मानमा बाँके राँझा चोकमा सालिक राख्न पहल थालिएको छ ।

एअर काष्ठमन्डपको जहाज दुर्घटनामा ‘आफू मरेर यात्रु बचाउने’ चालक दिनेश न्यौपाने र सहचालक सन्तोष रानाको योगदानको कदर गर्दै चोक नामकरण तथा सालिक स्थापना गर्न सरकारलाई सिफारिस गरिएको हो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थको अध्यक्षतामा सम्पन्न सर्वदलीय र सर्वपक्षीय बैठकले नेपालगन्ज–कोहलपुर सडकखन्डको राँझा विमानस्थलतर्फ जाने चोकमा दुबैजनाको सालिक स्थापना गर्न सिफारिस गरेको हो ।

नेपालगन्जबाट जुम्लाका लागि उडेको ‘९ एनएजेभी’ जहाज कालिकोटको चिल्खाया–२ मा गत फागुन १४ गते दुर्घटनामा परेको थियो ।

जहाजमा प्राविधिक समस्या आएपछि आपत्कालीन अवतरण गर्नेक्रममा नेपालगन्ज १६ कोरियनपुर निवासी २९ वर्षीय चालक दिनेश र पाल्पा स्थायी घर भइ काठमाडौंमा बस्दै आएका २७ वर्षीय सहचालक सन्तोषको मृत्यु भएको थियो ।

जहाजमा सवार अन्य नौजना यात्रुको भने ज्यान जोगिएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्