
तीर्थप्रसाद भट्टराई
बेइजिङ, चैत ८ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार अपराह्न बेइजिङस्थित ग्रेट हल अफ दि पिपुलमा चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गरेका छन् ।
सो भेटमा सौहार्दपूर्णरुपमा आपसी हित र सहयोगका विषयमा वार्ता भएको थियो ।
भेटकाक्रममा दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ र सुमधुर बनाउने सम्बन्धमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
यसअघि, प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली खछयाङबीच पनि सोमबारै भेटवार्ता भएको थियो । (नेपाल र चीनबीच भएको १० बुँदे सम्झौता पढ्न यहाँ क्लिक गर्नुहोस्)
दुई देशका प्रधानमन्त्रीबीच ग्रेट हल अफ दी पिपुलमा उच्चस्तरीय वार्ता भइ पारवहन तथा यातायातलगायत महत्वपूर्ण सम्झौता भएका छन् । रासस
प्रतिक्रिया दिनुहोस्