३ चैत्र २०८१, आइतबार | Sun Mar 16 2025


बेलायती राजकुमार ह्यारी नेपालीको बानी देखेर आश्चर्यचकित ! (भिडियोसहित)


0
Shares

सरस्वती कर्माचार्य/दिलिप पोखरेल/नवीन स्थापित

काठमाडौं, चैत ८ । ब्रिटिस गोर्खा सैनिकलाई निकै विश्वास गर्ने बेलायती राजकुमार ह्यारी तिनै गोर्खा सैनिकको थातथलो नेपालको भ्रमणमा छन् ।

गोर्खालीहरुको बहादुरीको प्रशंसा गरिरहने राजकुमार ह्यारीको पनि नेपालीहरुले खुलेरै प्रशंसा गरेका छन् ।

अफगानिस्तानमा रहँदा गोर्खाली सैनिकसँग बसेर नेपालीको बहादुरी देखेका र त्यही बहादुरीताको प्रशंसा गरेर नथाक्ने बेलायती राजकुमार हेनरी चार्ल्स अल्बर्ट डेभिड अर्थात् राजकुमार ह्यारी विपत्तिमा पनि रम्नसक्ने नेपालीको बानीबाट आश्चर्यचकित बनेका छन् ।

बेलायती राजकुमार ह्यारीलाई गत वैशाखमा गएको विनाशकारी भूकम्पले भत्काएका पुरातात्विक महत्वका प्राचीन धरोहरकासाथै भूकम्पका कारण भत्किएका मनहरुको अवलोकन गर्ने र उनीहरुको पीडा बाँड्ने प्रबल चाहनाले काठमाडौं उपत्यकाको क्षतिग्रस्त प्राचीन सम्पदाहरु र भूकम्प पीडितको अस्थायी शिविरमा पुर्‍याएको थियो ।

भूकम्पले घर ढलाएपछि त्रिपालको बासमा सर्न बाध्य भएपनि हाँस्नसक्ने नेपालीको बानीबाट राजकुमार ह्यारी मन्त्रमुग्ध बने । एक रिपोर्ट (भिडियो हेर्नुहोस्) ।