स्वास्थ्यमन्त्रीको निवासमा 'ड्रोन' खस्यो • Image Khabar Image Khabar


स्वास्थ्यमन्त्रीको निवासमा ‘ड्रोन’ खस्यो


Imagekhabar
१० चैत्र २०७२, बुधबार ०१:३८

स्वास्थ्यमन्त्रीको निवासमा 'ड्रोन' खस्यो

ललितपुर, चैत १० । ललितपुरको पुल्चोकस्थित मन्त्री क्वाटरमा ड्रोन क्यामरा खसेको छ ।

हिजो साँझ स्वास्थ्यमन्त्री रामजनम चौधरीको क्वाटरमा ड्रोन क्यामरा खसेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

नेपाल रोबोट सोसाइटीको ड्रोन क्यामरा मन्त्री क्वाटरको पूर्वी भागमा खसेको हो । आकाशमा उडिरहेको ड्रोन अचानक रुखमा ठोक्किएर जमिनमा बजारिएको हो । ड्रोनमा जडित क्यामरा क्षतिग्रस्त भएको छ ।

ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक पिताम्बर अधिकारीले घटनाबारे थप अनुसन्धान भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्