हेर्नो्स, ह्यारीको होली ‘हंगामा’ (फोटोफिचर) • Image Khabar Image Khabar


हेर्नो्स, ह्यारीको होली ‘हंगामा’ (फोटोफिचर)


Imagekhabar
९ चैत्र २०७२, मंगलवार १०:३३

हेर्नो्स, ह्यारीको होली ‘हंगामा’ (फोटोफिचर)

नवीनराज कुइँकेल
लमजुङ, चैत ९ । बेलायती राजकुमार ह्यारीले मंगलबार लमजुङको गौंडागाउँमा होली खेलेका छन् ।

सेतो सर्ट लगाएका ह्यारी स्थानीय बासिन्दासँग होली खेलेर राताम्मे बनेका थिए ।

ह्यारीले प्रमुख जिल्ला अधिकारी मोहन जिसी, जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपाल, प्रहरी नायव उपरीक्षक शम्भुप्रसाद ढकाललाई पनि रंग लगाइदिए ।

बेलायती राजकुमामरसँग होली खेल्न पाउँदा स्थानीय बालबालिका, युवा र बृद्धसमेत निकै खुसी भएका थिए ।

राजकुमार ह्यारीले आफ्नो तस्वीर खिचिरहेका विदेशी तथा स्वदेशी पत्रकारलाई पनि रंग दलिदिएका थिए ।

उनले आफ्नो सुरक्षामा खटिएका गोर्खासैनिक र नेपाली सुरक्षाकर्मीहरुलाई पनि रंग लगाइदिए । ह्यारीले होली खेल्दै चुड्का नाच पनि हेरेका थिए ।

होली खेलेर रंगिएका राजकुमार ह्यारी रंगिविरंगी लुगासहित नेपाली सेनाको हेलिकोप्टरमा पोखरा उडेका थिए ।

होली खेल्नुअघि ह्यारीले गौंडा माविका विद्यार्थीसँग भलिबल खेलेका थिए ।

बिहान ६ बजे नै हिमाली दृश्यावलोकन, सूर्योदय अवलोकन गर्नुकासाथै उनले गौंडा माविको पुनःनिर्माणको अवलोकन गरे ।

राजकुमार ह्यारीलाई स्थानीयले गुरुङ समुदायको परम्परागत् पोशाक भांग्रा लगाइदिनुका साथै नौमती बाजाले स्वागत्समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्