बर्दियाको प्रकृति देखेर राजकुमार ह्यारी चकित ! • Image Khabar Image Khabar


बर्दियाको प्रकृति देखेर राजकुमार ह्यारी चकित !


Imagekhabar
८ चैत्र २०७२, सोमबार ०९:३६

बर्दियाको प्रकृति देखेर राजकुमार ह्यारी चकित !

यादव आचार्य

बर्दिया, चैत ८ । बेलायती राजकुमार ह्यारी बर्दियाको प्राकृतिक सुन्दरतासँगै जैविक विविधता देखेर ‘चकित’ परेका छन् ।

सोमबार बिहान बर्दिया पुगेका ह्यारीले बर्दिया राष्ट्रिय निकुञ्ज तथा डल्लामा रहेको थारु होमस्टेको अवलोकन गरेपछि फेरि पनि बर्दिया घुम्न आउने वाचा गरे ।

बिहान निकुञ्जभित्रको गैंडामचाननजिक हेलिकोप्टरबाट ओर्लिएका ह्यारीलाई बर्दिया राष्ट्रिय निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत रमेश थापाले स्वागत् गरेका थिए ।

त्यसलगत्तै उनले खौराहा खोलामा करिब ४५ मिनट र्‍याफ्टिङको मजा लिए । र्‍याफ्टिङपछि ह्यारीले करिब २० मिनट जंगल ‘वाक’ गरेका थिए ।

उनले बाघको गतिविधि ट्रयापिङ गर्दै आएको क्यामरा ‘ट्रयापिङ’ प्रविधिको अवलोकनसमेत गरे ।

राजकुमार ह्यारीले निकुञ्जको अवलोकनपछि जैविकमार्गमा रहेको थारु होमस्टेमा लाठीनृत्य अवलोकन गरे । गोबरग्यासको बारेमा जानकारी लिए ।

उनले जैविकमार्गमा स्थानीयले गरेको संरक्षणलाई जारी राख्न सुझाव पनि दिए ।

नेपाली सेनाको रण शार्दुल गणका कर्नेण राजेन्द्र पन्थले ह्यारीलाई ‘ब्रिफिङ’ गर्दै बर्दिया राष्ट्रिय निकुञ्जमा गरिएको संरक्षण कार्यको जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्