चितवनका प्रहरी उपरीक्षक दीपक थापाका अनुसार कर्तव्य गरी हत्या गरेको आरोपमा भरतपुर–२२ बस्ने स्थानीय होटल सन्चालक ३४ वर्षका खेमबहादुर गुरुङलाई पक्राउ गरिएको छ । नेपालीका परिवारले जिल्ला प्रहरी कार्यालय चितवनमा उनीविरुद्ध लिखित उजुरीसमेत दिएका छन् । उनलाई कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरी उपरीक्षक थापाले शनिबार जानकारी दिए । यही असोज…