
बुधबार साँझ पाख्रिबास नगरपालिका–४ मा रहेका दिलबहादुरको घरमा जुवा खेलीरहेका १२ जनालाई पक्राउ तथा १६ थान कौडा र तीन बुक ताससहित तीन लाख ५० हजार बरामद गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक सुदीप राजभण्डारीले बताए ।
गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यलयको टोलीले पक्राउ गरेको हो ।
मितेरी बैंक रहेको सो घरको तीन तलामाथि ‘सुरक्षित स्थान’ भन्दै दैनिकजसो जुवा खेल्ने गरेको स्थानीयवासीको गुनासो बढिरहेको बेला प्रहरीले गोप्य सूचनाका आधारमा जुवाडे पक्राउ गरेको छ ।
धनकुटा सदरमुकामलगायत ग्रामीण क्षेत्रमासमेत जुवा–तास खेल्न नदिन कडा निगरानी बढाएको प्रहरीले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्