मृत भेटिएका शिशिरको हत्या गरिएको आशंका, एकजना पक्राउ • Image Khabar Image Khabar


मृत भेटिएका शिशिरको हत्या गरिएको आशंका, एकजना पक्राउ


Imagekhabar
२१ आश्विन २०७४, शनिबार १९:३९

मृत भेटिएका शिशिरको हत्या गरिएको आशंका, एकजना पक्राउ

चितवनका प्रहरी उपरीक्षक दीपक थापाका अनुसार कर्तव्य गरी हत्या गरेको आरोपमा भरतपुर–२२ बस्ने स्थानीय होटल सन्चालक ३४ वर्षका खेमबहादुर गुरुङलाई पक्राउ गरिएको छ ।

नेपालीका परिवारले जिल्ला प्रहरी कार्यालय चितवनमा उनीविरुद्ध लिखित उजुरीसमेत दिएका छन् । उनलाई कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरी उपरीक्षक थापाले शनिबार जानकारी दिए ।

यही असोज १६ गते साँझ घरबाट हराएका रामबहादुर नेपालीका २० वर्षीय छोरा शिशिर नेपालीलाई असोज १७ गते घर नजिकैको सडक छेउमा मृत अवस्थामा फेला पारिएको थियो ।

मादकपदार्थ सेवन गरेर पटक–पटक होहल्ला गरेपछि होटल सन्चालकले कत्र्तव्य गरी हत्या गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरी उपरीक्षक थापाले जानकारी दिए । प्रत्यक्षदर्शीको भनाइ उद्धृत गर्दै थापाले पटक–पटक उनलाई गुरुङले सडकमा घिसारेको बताए ।

प्रहरी हिरासतमा रहेका गुरुङले भने अन्तै मदिरा खाई होटलमा होहल्ला गरेपछि घिसारेर बाहिर पठाएको स्वीकारेको प्रहरीले जनाएको छ । सडक छेउमा मृत भेटिएका उनको टाउको र कन्चटमा चोटसमेत देखिएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्