रौतहट, असोज २८ । अदालतले राजपुर बमकाण्डका आरोपी रौतहट क्षेत्र नं. २ का निलम्बित सांसद् एवं पूर्वमन्त्री मोहम्मद आफताव आलमलाई हिरासतमै राखेर अनुसन्धान गर्न प्रहरीलाई सात दिनको अनुमति दिएको छ । अनुसन्धानका लागि प्रहरीले थप समय मागेपछि जिल्ला अदालत, रौतहटका न्यायाधीशका चित्रबहादुर गुरुङ्गको इजलासले कात्तिक ३ गतेसम्म अनुसन्धान गर्नका लागी प्रहरीलाई म्याद दिएको हो ।…