हेटौंडा, साउन ३० । जिल्ला प्रहरी कार्यालय मकवानपुरले अवैध गाँजासहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको कैलाश गाउँपालिका–६ बस्ने २० वर्षीय भीमसेन मोक्तान र सोही स्थानका २६ वर्षीय रोशन लामा छन् । उनीहरुको साथबाट ५९ किलो ५८० ग्राम गाँजा फेलापरेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई बिहीबार हेटौंडामा पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरिएको हो…