
रौतहट । रौतहटको इशनाथ नगरपालिकामा अज्ञात समूहको गोली प्रहारबाट एकजनाको हत्या भएको छ ।
इशनाथ नगरपालिका वडा नं ६ घिउराबाट जयनगरतर्फ जाने बाटोमा क्रान्ति प्राथमिक विद्यालय स्कुलनजिकै एक युवकमाथि गोली प्रहार भएको हो ।
भारतीय नम्बरको मोटरसाईकलमा आएका दुई जनाको समुहले गोलि हानी हत्या गरेर फरार भएको र घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । मृतकको पहिचान खुल्न नसकेको र उमेर अन्दाजी २५ बर्ष जतिको रहेको छ ।
प्रतिक्रिया दिनुहोस्