काठमाडौं, कात्तिक २४ । सेनानी राजेन्द्र शाहीलाई अनुसन्धानका लागि प्रहरीसमक्ष उपस्थित गराइएको छ । काठमाडौं जिल्ला टोखा नगरपालिका–१०, सामाखुसीस्थित खरिबोट इलाकाबाट यही कात्तिक १५ गते जुवामा संलग्न रहेको आरोपमा उनी पक्राउ परेका थिए । नेपाल प्रहरीले पक्राउ गरी सैनिक प्रहरी गण, जंगीअड्डामा बुझाइएका सेनानी शाहीलाई अनुसन्धानका लागि आइतबार महानगरीय प्रहरी वृत्त, महाराजगन्जमा उपस्थित गराइएको सैनिक…