रौतहट, कात्तिक २५ । राजपुरमा बम विस्फोटको आरोपमा पक्राउ परेका पूर्वमन्त्री मोहम्मद आफताव आलमविरुद्ध जिल्ला अदालतमा थुनछेक बहस चलिरहँदा प्रत्यक्षदर्शीले धमाधम बयान फेर्न थालेका छन् । वि.सं. २०६४ मा भएको संविधानसभाको निर्वाचनको अघिल्लो दिनको विस्फोटको घटनाका एक प्रत्यक्षदर्शी तथा घाइते गौरीशंकर राम चमारले बयान फेर्दै अदालत पुगेपछि प्रहरीले पक्राउ गरेको छ । न्यायाधीश दीपक ढकालको…