रौतहट, कात्तिक २९ । नेपाली कांग्रेसका सांसद मोहम्मद अफताव आलम पुर्पक्षका लागि जेल चलान भएका छन् । पहिलो संविधानसभाको निर्वाचनकाक्रममा बम विस्फोटमा परी घाइते भएकाहरुलाई इँटाभट्टामा जिउँदै जलाएर मारेको अभियोग लागेका आलमलाई रौतहट जिल्ला अदालतले शुक्रबार पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । न्यायाधीश दीपक ढकालको एकल इजलासमा ८ दिन चलेको थुनछेक बहसपछि शुक्रबार…