आलमको बहस लम्बियो - Image Khabar
Everest Bank

आलमको बहस लम्बियो

रौतहट, कात्तिक २८ । हत्या अभियोग लागेका नेपाली काँग्रेसका सांसद मोहम्मद अफताव आलमको मुद्दामा आज पनि प्रतिवादीका तर्फबाट बहस भएको छ ।

आज ६ जना अधिबक्ताले बहस गरेका छन् । अधिवक्ता हरीशंकर साह, अन्नत अधिकारी, राम विनोद गिरी, नन्दकिशोर साहलगायतले बहस गरेका हुन् ।

उनीहरुले आलमलाई थुनुवा बाहिर राखेर पुपक्र्ष गर्न समेत माग गरेका छन् । यो सँगै आलमको पक्षमा बहस गर्ने अधिवक्ताको संख्या १७ पुगेको हो । गत बिहीबारदेखि आलमको मुद्दामा थुनछेक बहस सुरु भएको थियो ।

सरकार र जाहेरवालातर्फका कानुन व्यावसायीको बहस सकिए पनि प्रतिवादीका कानुन व्यवसायीको बहस जारी रहेको हो । प्रतिवादीका कानुन व्यवसायीको बहस टुंगिएपछि जाहेरवाला र सरकारी वकिलले प्रतिबहस गर्न सक्ने अदालतले जनाएको छ ।

थुनछेक बहस टुंगिएपछि अदालतले आलमविरुद्ध परेको मुद्दामा थुनामा राखी पूर्पक्ष गर्ने, धरौटीमा छाड्ने वा साधारण तारिखमा छाड्ने भन्ने आदेश दिनेछ ।

आलमसहित ११ जनाविरुद्ध मुद्दा दायर गरिएको छ । बाँकी १० जना भने फरार छन् । आलममाथि कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विष्फोटन गरी ३ वटा मुद्दा दायर गरिएको छ । 

 

प्रतिक्रिया दिनुहोस्