
ध्रुव भट्टराई (इमेज)
विराटनगर, असोज २७ । मोरङमा यो वर्ष बडादसैंको फूलपातीदेखि एकादशीसम्मको अवधिमा ११ जनाले आत्महत्या गरेको तथ्यांक सार्वजनिक भएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङले सोमबार विराटनगरमा पत्रकार सम्मेलन गरी आत्महत्या गर्नेमा धेरैजसोमा ‘डिप्रेसन’का कारण आत्महत्या गरेको पाइएको जनाएको हो ।
चरम गरिबी भएका परिवारका मानिसले दसैंका लागि जोहो गर्न नसकेपछि धेरैले आत्महत्याको बाटो रोजेको हुनसक्ने आशंका गरिएको छ ।
यसैगरी, सो अवधिमा थप १५ जनाले आत्महत्याको प्रयास गरेका छन् ।
प्रहरीकाअनुसार मोरङमा पाँच दिनको सो अवधिमा सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ भने ९१ जना घाइते भएका छन् ।
त्यसैगरी, लागुऔषध बिक्री–वितरण गर्ने मेडिकल सन्चालकसहित दुईजनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ ।
प्रतिक्रिया दिनुहोस्