धारिलो हतियार प्रहार गरी महिलाको हत्या • Image Khabar Image Khabar


धारिलो हतियार प्रहार गरी महिलाको हत्या


Imagekhabar
२७ आश्विन २०७६, सोमबार २०:२०

धारिलो हतियार प्रहार गरी महिलाको हत्या

रुपन्देही, असोज २७ । बुटवल उपमहानगरपालिका–३, ज्योतिनगरकी एक महिलाको धारिलो हतियार प्रहार गरी हत्या भएको छ ।

असोज १७ गते नै ६६ वर्षीया टिकीसरा गुरुङको हत्या भएपनि इलाका प्रहरी कार्यालय बुटवलले सोमबार पत्रकार सम्मेलन गरी सो जानकारी गराइएको हो ।

घरबाट बाख्रा चराउन गएकी गुरुङ साँझसम्म घर नफर्किएपछि खोजतलास गर्नेक्रममा लक्ष्मीनगर सामुदायिक जंगलमा उनको शव भेटिएको थियो ।

प्रहरीले हत्याको आरोपमा हेटौंडा उपमहानगरपालिका–६ घर भइ हाल बुटवल, ज्योतिनगर बस्ने ४२ वर्षीय राम लामालाई पक्राउ गरेको छ ।

उनले टाउकोमा हँसिया प्रहार गरी मुखमा कपडा कोचेर गुरुङको हत्या गरेको स्वीकार गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए ।

लामालाई असोज २५ गते नुवाकोटको बेलकोटगढीबाट पक्राउ गरिएको उनले बताए ।

लामाको साथबाट टिकीसराको हत्यामा प्रयोग भएको हँसिया, कानमा लगाउने सुनका रिङ बरामद गरिएको प्रहरी नायब उपरीक्षक भट्टराईले बताए ।

लामालाई हिरासतमा राखेर कर्तव्य ज्यान र डाँका–चोरी मुद्दामा अनुसन्धान भइरहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्