पेस्तोलसहित युवक पक्राउ • Image Khabar Image Khabar


पेस्तोलसहित युवक पक्राउ


Imagekhabar
२७ आश्विन २०७६, सोमबार १७:१३

पेस्तोलसहित युवक पक्राउ

सुनसरी, असोज २७ । धरानमा भारतीय रिभल्वर पेस्तोलसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

आइतबार राति इलाका प्रहरी कार्यालय धरानको टोलीले सुनसरीको कोसी गाउँपालिका–३ का २३ वर्षीय निरजकुमार राउतलाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो ।

प्रहरीले उनको साथबाट एकथान रिभल्वर पेस्तोल र ठूलो परिणाममा लागुऔषधसमेत बरामद गरेको छ ।

विशेष सुराकीको आधारमा राउतको कोठामा छापा मारी भारी मात्रामा लागुऔषध र हतियार बरामद गरेको इलाका प्रहरी कार्यालय धरानका डीएसपी ढुण्डिराज न्यौपानेले जानकारी दिए ।

प्रहरीले राउतको कोठामा छापा मारी एउटा भारतीय म्याग्जिनसहितको पेस्तोल, १३ राउन्ड गोली, विभिन्न किसिमका लागुऔषधहरु र ११ हजार ३०० रुपैयाँ नगद बरामद गरेको हो ।

पक्राउ परेका राउतविरुद्ध कारबाही प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्