काठमाडौं । कम्बोडियामा विभिन्न कारणले अलपत्र परेका २० जना नेपालीको उद्धार गरिएको छ । विभिन्न प्रलोभनमा परेर कम्बोडिया पुगेका उनीहरुलाई थाइल्याण्डको बैंककस्थित नेपाली दूतावासले उद्धार गरेको हो ।राजदूतावासले बिहीकार एक विज्ञप्ति जारी गर्दै उद्धार गरिएकाहरु अनलाइन स्क्यामिङ केन्द्रहरू, अनलाइन ठगी गर्ने क्यासिनोहरू र अन्य विभिन्न गैरकानूनी काममा लगाइएका र विनाभिसा बसिरहेका व्यक्तिहरु भएकाे जनाएकाे छ।…