काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आशा र अपेक्षासहित जनताले दिएको भोटको महसुस प्रत्येक दिन हुनुपर्ने बताएका छन् । “यो देश अहिले बनेन भने कहिले पनि बन्दैन भनेर साथीहरूले सोधेका छन्," ललितपुरको ग्वार्कोस्थित एक होटलमा जारी पार्टीको अभिमुखीकरण कार्यक्रममा लामिछानेले भने, "जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ ।”…