काठमाडाैं । कोशी, बागमती, गण्डकी प्रदेशको र बाँकी हिमाली भू-भागमा शुक्रबार दिउँसो साधारणतया बादल लाग्ने भएकाे छ।
साथै बाँकी भू-भागमा भने आंशिक बादल लाग्ने भएकाे हाे । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथ हिमाली भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित हल्का वर्षा-हिमपातको सम्भावना रहेको छ। मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई लगायत अन्य केही भू-भागमा तातो दिन हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ।
त्यस्तै, शुक्रबार राति भने कोशी र गण्डकी र बाँकी प्रदेशको हिमाली भू-भागमा साधारणतया बादल लाग्ने भएको छ । साथै बाँकी पहाडी भू-भागमा आंशिक बादल लाग्ने भएकाे हाे । तराई भू-भागमा मौसम मूख्यतया सफा रहनेछ । कोशी, गण्डकी र बागमती प्रदेशको पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का वर्षा-हिमपातको समेत हल्का वर्षा-हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको हो ।
साथै शुक्रबार बिहान भने नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको थियाे। देशको पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लागेको हाे । तराई भू-भागमा आंशिक बादल लागेको महाशाखाले जनाएकाे छ ।









प्रतिक्रिया दिनुहोस्