Logo ४ बैशाख २०८३, शुक्रबार | Fri Apr 17 2026


बागमती प्रदेशसभाको बैठक वैशाख ६ गते बस्ने


0
Shares

काठमाडाैं । बागमती प्रदेशसभाको चालु अधिवेशन बैठक यहि वैशाख ६ गते बिहान ११ बजे बस्ने गरी आह्वान गरिएको छ।

उक्त दिन बस्ने बैठकमा गत चैत २५/२६ गते बसेको बैठकमा प्रस्तुत भएको विभिन्न विधेयकको सैद्धान्तिक पक्षमा छलफल गर्ने र विधेयकमाथि दफाबार छलफल गर्ने कार्यका लागि विभिन्न समितिमा पठाउने कार्यसूची रहने प्रदेशसभाले जनाएकाे हाे ।

विभिन्न समितिमा पठाइने सोही विधेयकमाथि दफाबार छलफल हुने भएकाे छ। प्राप्त सुझावसहित समेटिएको छुट्टाछुट्टै प्रतिवेदन तयार पार्ने लक्ष्य रहेको जनाइएकाे छ ।