Logo २१ कार्तिक २०८३, शनिबार | Sat, Nov 7, 2026


सरकारसँग ६ बुँदे सहमतिपछि डा. गोविन्द केसीले तोडे २५औँ अनशन


0
Shares

काठमाडौं । सरकारसँग विभिन्न ६ बुँदे सहमति भएपछि वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले आफ्नो २५औँ सत्याग्रह अन्त्य गरेका छन्। शनिबार राति त्रिवि शिक्षण अस्पतालमा उनले अनशन तोडेका हुन्।

सरकार र डा. केसीबीच पटक–पटक भएको वार्तापछि सहमति जुटेको हो। त्यसपछि शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल अस्पताल पुगेर सहमतिअनुसार अनशन अन्त्य गराएका थिए।

अनशन तोडिएपछि मन्त्री पोखरेलले डा. केसीको यो अन्तिम अनशन हुने विश्वास व्यक्त गरे। सहमतिमा उल्लेखित विषयलाई कार्यान्वयनको प्रक्रियामा लैजाने प्रतिबद्धतासमेत उनले जनाए।

सरकार र डा. केसीबीच भएको सहमतिपत्रमा डा. केसी, शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार प्रा. डा. जगदीश अग्रवाल, सांसद पुकार बम र नेपाल मेडिकल एसोसिएसनका अध्यक्ष डा. बद्री रिजालले हस्ताक्षर गरेका छन्।

Skip This