Logo ११ भाद्र २०८३, बिहिबार | Thu Aug 27 2026


शिक्षा समितिको सभापतिमा रास्वपाकी उम्मेदवार शेरचन निर्वाचित


572
Shares

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी डा. ओजस्वी शेरचन निर्वाचित हुनुभएकाे छ।

शुक्रबार सम्पन्न निर्वाचनमा नेकपा एमालेका उम्मेदवार गुरु बराललाई पराजित गर्दै शेरचन निर्वाचित हुनुभएकाे हाे। बराललाई कांग्रेस र नेकपाको समर्थन रहे पनि आवश्यक मत नजुटेपछि उहाँ पराजित हुनुभएकाे छ।

बैठक ज्येष्ठ सदस्य महावीर पुनको अध्यक्षतामा बसेको थियो।