Logo ६ बैशाख २०८३, आइतबार | Sun Apr 19 2026


कांग्रेसले आज सातै प्रदेशका सभापति, मुख्यमन्त्री र संसदीय दलका नेतासँग छलफल गर्दै

प्रदेशमा मन्त्रिपरिषदकाे संख्या घटाउने बारेमा छलफल हुने

429
Shares

काठमाडाैं । नेपाली कांग्रेसले सातै प्रदेशका सभापति, मुख्यमन्त्री र प्रदेश संसदीय दलका नेताहरुसँग आइतबार छलफल गर्दैछ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार दिउँसो १ बजे हुने छलफल प्रदेशका मन्त्रालय घटाउने विषयमा केन्द्रित हुने भएकाे हाे । कांग्रेस नेतृत्वमा बनेका प्रदेश सरकारलाई प्रभावकारी बनाउने र कांग्रेसले नेतृत्व गरेका प्रदेशमा मन्त्रिपरिषद्को संख्या घटाउने लगायतका विषयमा छलफल हुने स्रोत जनाएकाे छ ।

कांग्रेसले मधेश, बागमती, गण्डकी र सुदूरपश्चिम गरी चार प्रदेशमा सरकारको नेतृत्व गरिरहेको छ । प्रदेश मन्त्रिपरिषदको आकार ५ देखि ७ कायम गर्ने विषयमा कांग्रेसभित्र छलफल चलिरहेको हाे । कांग्रेसले उपसभापति विश्वप्रकाश शर्मालाई प्रदेश र स्थानीय तहका सरकारको कार्य प्रभावकारी बनाउन केन्द्रबाट संयोजन गर्ने जिम्मेवारी दिएको छ ।