Logo ८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026


विद्युत प्राधिकरणले विद्युत महशुल तिर्न सजिलो बनाउँदै

सहज र प्रभावकारी बनाउन निजी तथा विद्युतीय सेवा प्रदायक छनोट प्रक्रिया शुरू

2k
Shares

काठमाडाैं । नेपाल विद्युत प्राधिकरणले महसुल संकलनलाई सहज र प्रभावकारी बनाउन निजी तथा विद्युतीय सेवा प्रदायक संस्थाको छनोट प्रक्रिया अघि बढाएको छ ।

जसका लागि प्राधिकरणले इच्छुक संस्थासँग प्रस्ताव आह्वान गरेको हाे । प्राधिकरणले विद्युतीय माध्यमबाट भुक्तानी सेवा सञ्चालन गर्ने वा गराउन सक्ने संस्थाहरूले आवश्यक कागजातसहित प्रस्ताव पेश गर्न सक्ने जनाएकाे छ । सेवा प्रदायकले कम्तीमा पाँच जना दक्ष प्राविधिक जनशक्ति राख्नुपर्नेछ भने प्रस्तावमा आफ्नो कार्यक्षेत्र, सेवा सञ्जाल, प्रयोग हुने प्रविधि, सफ्टवेयर तथा उपकरणको विस्तृत विवरण पनि उल्लेख गर्नुपर्ने भएकाे हाे ।

प्राधिकरणले दुर्गम क्षेत्रका ग्राहकसम्म पनि विद्युतीय माध्यमबाट सेवा पुर्‍याउने सुनिश्चितता गर्न जोड दिएको छ । स्वीकृत भएपछि १५ दिनभित्र सम्झौताका लागि उपस्थित हुनुपर्ने र कम्तीमा एक वर्ष म्याद भएको १ करोड रुपैयाँ बराबरको बैंक जमानत अनिवार्य रूपमा राख्नुपर्ने व्यवस्था गरिएको प्राधिकरणले जनाएकाे हाे ।

जसले देशभरका विद्युत उपभोक्तालाई डिजिटल माध्यममार्फत सहज, सुरक्षित र छरितो रूपमा महसुल तिर्ने सुविधा उपलब्ध हुने अपेक्षा गरिएको छ ।