काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा आज विराटनगर किङ्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा साँझ ५ बजे सुरु हुने खेलमा विराटनगर प्रतियोगितामा पहिलो जित हासिल गर्ने योजनासहित मैदान उत्रिनेछ। यसअघि खेलेका दुवै खेल गुमाएको विराटनगरलाई आजको खेलमा जित निकाल्न दबाब छ। विराटनगर पहिलो खेलमा चितवन राइनोजसँग ८ रनले…