Logo १४ कार्तिक २०८३, शनिबार | Sat Oct 31 2026


आज पनि देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना


299
Shares

काठमाडौं । बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को अवशेष र पश्चिमी वायुको प्रभावले देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज अपराह्नदेखि मौसममा क्रमिक सुधार हुँदै जानेछ।

आज कोशी, मधेस र बागमती प्रदेशका केही स्थानमा भारी वर्षा तथा हिमपातको सम्भावना रहेको छ। त्यस्तै, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा पनि चट्याङसहित वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।

आज रातिदेखि वर्षाको प्रभाव कम हुँदै जाने र आइतबार देशभर आंशिक बदली रहने पूर्वानुमान गरिएको छ।

Skip This