काठमाडाैं । अवरुद्ध नारायणगढ-मुग्लिन सडकखण्ड दुई घण्टापछि पूर्ण रूपमा सञ्चालनमा आएको छ । मुग्लिन-नारायणगढ सडक खण्ड अन्तर्गत सिमलताल नजिकै बुधबार बिहान पहिरो खस्दा दुवैतर्फको यातायात ठप्प बनेको थियो । पहिरो खसे लगत्तै खटिएको सडक डिभिजन कार्यालय भरतपुरको टोलीले मेसिन तथा उपकरणको प्रयोग गरी पन्छाएपछि केही समय अघि मात्रै सडक दुईतर्फी रुपमा नै सञ्चालनमा आएको हो…