Logo २६ भाद्र २०८३, शुक्रबार | Fri Sep 11 2026


१५औं महाधिवेशनमा भाग लिनबाट कसैलाई पनि वञ्चित गरेकाे छैन: सभापति थापा

महाधिवेशनपछि नागरिकसँगको सम्बन्ध पुनःस्थापित गर्न देशव्यापी अभियान सञ्चालन गरिने

0
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कुनैपनि नेतालाई पार्टीको १५औं महाधिवेशनमा भाग लिने कुराबाट वञ्चित नगरिएको बताउनुभएको छ ।

काठमाडौंमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले महाधिवेशनमा पार्टीका सबै नेता तथा कार्यकर्ताले सहभागी हुन पाउने र प्रतिस्पर्धाबाट नेतृत्व चयन हुने बताउनुभयो । उहाँले महाधिवेशन निर्धारित कार्यतालिका अनुसार नै सम्पन्न हुने पनि बताउनुभयो । आगामी असोज ४ गतेदेखि अधिवेशन प्रक्रिया शुरु हुने र असोज १६ गतेदेखि केन्द्रीय महाधिवेशन प्रक्रिया प्रारम्भ हुने उहाँको भनाइ छ ।

सभापति थापाले महाधिवेशनमा प्रतिस्पर्धा गरेर जिम्मेवारी नेतृत्वले जिम्मेवारी नपाउनेलाई समेत समेटेर पार्टीलाई एकताबद्ध बनाउनुपर्ने पनि बताउनुभयो । उहाँले महाधिवेशनले पार्टीभित्रको विषय व्यवस्थापन गरेपनि नागरिकसँग टुटेको विश्वास पुनःस्थापित गर्नु कांग्रेसको मुख्य चुनौती रहेको बताउनुभएकाे छ। सभापति थापाले महाधिवेशनपछि नागरिकसँगको सम्बन्ध पुनःस्थापित गर्न देशव्यापी अभियान सञ्चालन गरिने समेत बताउनुभयो ।

सभापति थापाले पार्टीभित्र देखिएको समस्यामा मात्र अल्झिराख्दा नागरिकसँग सम्बनध झन कमजोर हुनेमा पार्टी गम्भीर रहेको पनि बताउनुभएकाे छ।

Skip This