काठमाडौं । रसुवाकाे भोटेकोशी नदीमा यहि भदाै १० गते आएको बाढीले १८ हजार हेक्टर कृषियोग्य जमिन बगाएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले क्षतिको उक्त विवरण सार्वजनिक गरेको हो। बाढीले १७ बैंकका शाखामा क्षति पुर्याएको छ। त्यस्तै, ४८ सय व्यावसायिक प्रतिष्ठानमा क्षति पुगेको हाे।
बाढीले कृषि उब्जनी भइरहेका जमिन बगाउँदा प्रभावित क्षेत्रमा ९७ दशमलव २२ प्रतिशत पीडितको जीविकोपार्जनमा समस्या पर्ने प्राधिकरणले जनाएको छ।










प्रतिक्रिया दिनुहोस्