Logo २६ भाद्र २०८३, शुक्रबार | Fri Sep 11 2026


एनभीएलको फाइनल प्रवेशका लागि आज काठमाडाैं र कर्णालीबीच प्रतिस्पर्धा हुँदै

दुवै टाेली जित्ने लक्ष्यका साथ मैदानमा

0
Shares

काठमाडाैं । पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभीएल) को फाइनल प्रवेशका लागि शुक्रबार काठमाडाैं रेड्स र कर्णाली शिवराजबीच कडा प्रतिस्पर्धा हुँदैछ।

त्रिपुरेश्वरको राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा शुक्रबार साँझ ६ बजेदेखि शुरु हुने भएकाे हाे। एनभीएलमा काठमाडाैं र कर्णाली दुवै टाेली जित्ने लक्ष्यका साथ मैदानमा उत्रिने भएका छन्। लिग चरणमा पाँच–पाँच खेल खेलेका दुवै टोलीले चार खेलमा जित र एक खेलमा हार व्यहोरेका हुन् ।

लिग चरणमा काठमाडाैंले कर्णालीलाई ३-२ सेटले पराजित गरेको छ । काठमाडाैं त्यही नतिजालाई निरन्तरता दिँदै फाइनलमा पुग्ने लक्ष्यमा रहेकाे हाे। कर्णाली लिग चरणको हारको बदला लिँदै उपाधि यात्रालाई बलियो बनाउने योजनामा छ । साेही खेल जित्नेले उपाधिका लागि शनिबार अन्नपूर्ण स्पाइकर किङ्ससँग प्रतिस्पर्धा गर्नेछ ।

अंक तालिकाको शीर्ष स्थानमा रहेको अन्नपूर्ण बिहीबार नै फाइनलमा पुगिसकेको छ। नेपालमा पुरुष भलिबलको ‘फ्रेन्चाइज’ लिग पहिलो पटक आयोजना गरिएको हो ।

Skip This