Logo २६ भाद्र २०८३, शुक्रबार | Fri Sep 11 2026


नवलपरासीमा गाडीसहित ९५ लाख रूपैयाँ बराबरकाे माेबाइलका सामान बरामद

गस्ती टाेलीलाई देखेपछि गाडी लक गरेर चालक फरार

325
Shares

परासी । नवलपरासीकाे सीमा नाकाबाट भारतबाट भन्सार छलेर ल्याउँदै गरेकाे अवस्थामा शुक्रबार ९५ लाख बराबरका माेबाइलका सामान बरामद गरिएकाे छ।

इलाका प्रहरी कार्यालय महेशपुर र सशस्त्र प्रहरी बल भूजहवा बिओपीबाट गएकाे टाेलीले सरावल गाउँपालिका-७ भूजहवाबाट उक्त सामान बरामद गरेकाे हाे । जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी डिएसपी मदन थापाले बरामद सामानमा २२ लाख ९४ हजार बराबरका २ हजार २ सय ९४ पिस माेबाइल एयर पाेडस, ७० लाख ९५ हजार बराबरका ४४ हजार ३ सय पिस टेम्पर ग्लास,९३ हजार बराबरका ९ सय ३० पिस माेबाइल कभर र २ हजार बराबरकाे एक बाेरा प्लाष्टिक गरि कूल ९४ लाख ८४ हजार रहेकाे बताउनुभयाे।

उक्त सामान लु ३ च २९३९ नम्बरकाे पिकअप गाडीमा राखेर लैजादै गरिएकाे थियाे । गाडीकाे मूल्य २० लाखसहित कूल १ कराेड १४ लाख ८४ हजार कायम गरेर आवश्यक कारबाहीका लागि महेशपुर भन्सार पठाइएकाे प्रहरीले जनाएकाे छ । गस्ती टाेलीलाई देखेपछि गाडी लक गरेर चालक फरार रहेकाे र सामान कसकाे हाे भन्ने बारेमा अनुसन्धान भइरहेकाे प्रहरीले बताएकाे हाे।

Skip This