Logo २६ भाद्र २०८३, शुक्रबार | Fri Sep 11 2026


प्रधानमन्त्री देवी उद्धार कोषमा १३ अर्ब २३ करोड १० लाख बढी मौज्दात

कोषका २ बैंकमा रहेको डलर खातामा २ करोड ३२ लाख ८४ हजार ७७ अमेरिकी डलर जम्मा

0
Shares

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल १३ अर्ब २३ करोड १० लाख ८१ हजार २ सय ६७ रूपैयाँ मौज्दात रहेकाे छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शुक्रबार साँझ ५ बजेसम्मको विवरण अनुसार विभिन्न ९ वटा बैंकमा ९ अर्ब ६८ करोड २३ लाख ५५ हजार २५ रूपैयाँ मौज्दात रहेकाे जनाएकाे हाे। त्यस्तै, कोषका दुई वटा बैंकमा रहेको डलर खातामा दुई करोड ३२ लाख ८४ हजार ७७ अमेरिकी डलर जम्मा भएको छ।

राहत कोषबाट केही दिन अघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट पीडितलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत १ अर्ब रूपैयाँ निकासा गरिएको थियो ।

Skip This