नरेन्द्रराज पौडेल -दुईचार दिन अघिदेखि एक्कासी मौसममा आएको तातोपनसँगै सिंहदरबार पनि गर्माएको छ । निजामती सेवामा कार्यरत कर्मचारीहरुले सिंहदरवारभित्रै तोडफोड, दङ्गा–फसाद र आफ्ना हाकिमहरुलाई हातपात गरे । त्यतिमात्र हैन, समाचार संकलन गर्ने पत्रकार समेतलाई कुटपिट गरे । त्यतिमात्र पनि हैन, सख्त निषेधित क्षेत्र तोकिएको सिंहदरवार परिसरभित्रै धर्ना, नारा र जुलुससमेत गरेर सरकार नाउँको निम्छरो जिनिसको…