सुविद गुरागाई - यतिबेला मुलुकको बौद्धिक धरालतमा दुई चिरा परेको छ । प्रधानमन्त्री खड्गप्रसाद ओलीले नेपाली झन्डा फहर्याउँदै गरेको पानीजहाज, राजधानीमा मेट्रो रेल, घरघरमा ग्यासको पाइपलाइन, हावाबाट बिजुली, दुई वर्षभित्र नेपाली पेट्रोल इत्यादि सन्दर्भ उक्काएपछि यसलाई उखान–टुक्काको नयाँ संस्करण मान्नेको जमात एक्कासी बाक्लियो । पक्षमा कुनै ठुलो उपलब्धि प्राप्त गर्नुअघि सपना देख्नु अपरिहार्य छ, हामी नेपाली…