पेशल आचार्य मुलुकमा अहिलेसम्म इतिहासकै सर्वशक्तिमान सरकार गठन भएको अवस्था छ । लगभग सानातिना राजनीतिक संघर्षहरुले विश्राम लिएका छन् । तीन प्रतिशत थ्रेस होल्डको व्यवस्थाले राजनीतिक पसल थापेर बसेका झिनामसिना पार्टीहरु मटियामेट भएका छन् । संविधान जारी भएर मुलुक सही ट्रयाकमा आइसकेको छ । संघीयता कार्यान्वयनको सिलसिलामा छ । भलै त्यो जनतालाई आर्थिक रुपमा बोझिल…