एजेन्सी । अमेरिका र इरानबीच गत हप्ता भएकाे वार्ता असफल भएपछि फेरि संवाद शुरू हुनसक्ने संकेत देखिएको छ । पाकिस्तानका सेना प्रमुख असीम मुनीर नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डल इरानको राजधानी तेहरान पुगेको बीबीसीले जनाएको हाे । टोलीमा पाकिस्तानका गृहमन्त्री मोहसिन नक्वी पनि सहभागी रहनुभएकाे छ। इरान सरकारको आधिकारिक स्रोतले यो भ्रमणका तस्बिर सार्वजनिक गरेको हाे ।…