Logo १ बैशाख २०८३, मंगलबार | Tue Apr 14 2026


आईपीएल क्रिकेटमा चेन्नाई किंग्स र कोलकता राइडर्सबीच प्रतिस्पर्धा हुँदै

दुवै टाेली उच्च मनाेबलका साथ मैदानमा

52
Shares

काठमाडाैं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मंगलबार चेन्नाई सुपर किंग्स र कोलकता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुने भएकाे छ।

भारतकाे चेन्नाईमा मंगलबार राति पाैने ८ बजेदेखि चेन्नाई सुपर किंग्स र कोलकता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुने भएकाे हाे ।जारी लिगमा दुवै टोलीको यो पाँचौ खेल हो । चार खेलबाट एक अंक मात्रै जोडेको कोलकता तालिकाको पुछारमा रहेकाे छ । समान खेलबाट दुई अंक जोडेको चेन्नाई पुछारबाट दोस्रो स्थानमा रहेको छ । दुवै टाेली उच्च मनाेबलका साथ मैदानमा उत्रने भएका हुन् ।

त्यस्तै, साेमबार राति भएकाे खेलमा आईपीएल क्रिकेटमा सनराइजर्स हैदरावादले राजस्थान रोयल्सलाई ५७ रनकाे फराकिलाे अन्तरले पराजित गरेकाे हाे। आईपीएलको जारी सिजनको पाँचौ खेलमा राजस्थानको यो पहिलो हार हो । खेलमा पहिले व्याटिङ गरेको हैदरावादले २० ओभरमा ६ विकेट गुमाएर २ सय १६ रन बनायो ।

जवाफमा २ सय १७ रनको लक्ष्य पछ्याएको राजस्थान १९ ओभरमा १ सय ५९ रनमै समेटिएकाे छ ।हैदरावादका प्रफुल हिङ्गे र सकिब हुसैनले घातक बलिङ गर्दै चार/चार विकेट लिएपछि राजस्थान पराजित भएको हो ।